काठमाण्डु – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीबारे वरिष्ठ नेता माधव नेपालले दिएको अभिव्यक्ति सार्वजनिक गरेका छन् ।
सोमबार ७० औं मदन भण्डारीको जन्मजयन्तीका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेता नेपाल मदन भण्डारीबारे नकारात्मक कुरा गर्न रुचाउने खुलासा गरेका छन् ।
मदन भण्डारीबारे माधव नेपालले राखेको भनाई प्रधानमन्त्रीले यसरी भनेः
जिन्दगीभरी मदन भण्डारीको विरोध गर्ने । मदन भण्डारीका विचारको विरोध गर्ने । आज त यसो हेर्छु मदन भण्डारीको जन्म जयन्तीको सन्र्दभमा वक्तव्य आइरहेको छ । वेशरमको पनि हद हुन्छ । त्यही पार्टी ध्वस्त पार्न खोज्ने मदन भण्डारीका विचार समाप्त पार्न खोज्ने मदन भण्डारी फाउण्डेसन गठन भयो भनेको सुन्दा उनीहरुलाई टाउको दुख्यो । जेठ ३ गते मदन आश्रित स्मृति दिवस मनाउ भन्दा कम्युनिष्टले किरिया गरिदैन मानिँदैन भने ।
१४ गते जन्म दिन मनाउन त भन्दा जन्मदिनको के अर्थ ? जन्मिदा त एउटा बच्चा जन्मिएको हुन्छ । त्यो बच्चाले के गरेको हुन्छ ? ठूलो भएपछि मदन भण्डारीले योगदान गरेका हुन् । मदन भण्डारीबारे माधव नेपाल के भन्थे भने– हिमाल टाढाबाट हेर्दा राम्रो देखिन्छ तर, नजिकैबाट हेर्नेलाई थाहा हुन्छ ।
हामी मदन भण्डारीको नजिकै बसेर काम गर्नेलाई थाहा छ मदन भण्डारी कस्तो हो भन्ने । बाहिरबाट राम्रो भनेर हुन्छ । मदन भण्डारीका राम्रा राम्रा कुरा गर्ने खै मदन भण्डारीका कमी कमजोरीको चर्चा खै ? भन्नु हुन्थ्यो । मदन भण्डारी टाढाबाट हेर्दा हिमाल राम्रो भएजस्तै हो भन्नुहुन्थ्यो ।
माधव नेपाललाई उहाँको काममा भजनको चिनि हालिदिएको मन पर्छ । कसैले चिनी हालिदिएन भने बरु शेरबहादुरकाँ पुग्नुहुन्छ । उहाँ जहाँ चिनी कानमा हाल्ने मान्छे भेट्नुहुन्छ त्यही कुद्नुहुन्छ ।
एक दिन म खोलाको किनारको बाटो हिँड्दै थिएँ । एकजना न साँझ, न बिहान गायत्री मन्त्र जप्दै रहेछन् । मैले अहिले किन गायत्री जपेको भनेर सोधेको थिएँ । उनले त भूतप्रेत नलागोस् भनेर जपेको जवाफ दिए । अहिले कतिपयले ठीक त्यस्तै गरेर गायत्रीझैँ जबज जपिरहेका छन् । मदन भण्डारीको दम विरोधीले पनि बुझेका छन् ।




प्रतिक्रिया