काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अोलीले महाधिवेशन आयोजक कमिटी गठन गरेका छन् ।
शुक्रबार बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटी गठन गरेको हो । उनले अध्यक्ष र महासचिवबाहेक पदाधिकारी खारेज गरेर महाधिवेशन आयोजक समिति बनाएका हुन् ।
महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय भएको छ । बैठकले पार्टीको विधानसमेत संशोधन गरेको छ ।
अर्को केन्द्रीय कमिटी बैठक चैत ७ गतेका लागि बोलाइएको छ । उक्त बैठकमा माधवकुमार नेपाल पक्षलाई पनि खबर गर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।




प्रतिक्रिया