काठमाण्डु – नेकपा माओवादी केन्द्र क्षेत्र नम्बर ५ ले आसन्न निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ ।
बुधबार बसेको माओवादी प्रादेशिक निर्वाचन परिचालन कमिटीको बैठकले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भिड्न ४ जनालाई सिफारिस गरेको हो ।
कमिटी प्रमुख वीरेन्द्र बस्नेतकाअनुसार प्रतिनिधि र प्रदेश सभाका लागि प्रत्यक्ष र समानुपातिक तर्फका चार÷चार जना उम्मेदवारहरू सिफारिस गरिएको हो । प्रतिनिधिसभा सदस्य पदका लागि प्रत्यक्षतर्फ रञ्जित तामाङ, सुरेन्द्र बस्नेत, गगन पुरी र रमेश गुरागाईं सिफारिस भएका छन् ।
तामाङ र बस्नेत माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । पुरी प्रदेश समितिको कोषाध्यक्ष र गुरागाईं सदस्य हुन् । यस्तै समानुपातिकतर्फ सन्तोष गौतम, राधिका ओझा, गणेशमान धिमाल र नरेन्द्र सावाँको नाम सिफारिस गरिएको छ ।
प्रदेश सभामा क्षेत्र नं. ५ (क) का लागि प्रत्यक्षतर्फ रञ्जित तामाङ, सीताराम अधिकारी, माधव भट्टराई तथा समानुपातिकतर्फ हुकुम सिंह नेपाली र अनिसा झागर सिफारिसमा परेका छन् ।
त्यस्तै, क्षेत्र नं. ५ (ख) का लागि प्रत्यक्षतर्फ गगन पुरी, वीरेन्द्र बस्नेत, वेदु गौतम र डम्बर पुलामी कर्मालाई सिफारिस गरिएको छ । यस्तै समानुपातिकतर्फ भूमिका कोइराला र अजय अग्रवाललाई सिफारिस गरिएको छ ।
झापा क्षेत्र नं. ५ मा स्वतन्त्रबाट लेखक तथा विश्लेषक युग पाठकले उम्मेदवारी घोषणा गरेका छन् । झापा क्षेत्र नं. ५ ओलीको क्षेत्र हो । २०७४ सालको निर्वाचन पनि ओली त्यहीँबाट सांसद बनेका हुन् । उनले पुनः त्यहीँबाट उम्मेदवारी दिँदैछन् ।




प्रतिक्रिया