जसपाका मागप्रति प्रधानमन्त्री सकारात्मक, सत्ता सहकार्यबारे के भयो छलफल ?

जसपाका मागप्रति प्रधानमन्त्री सकारात्मक, सत्ता सहकार्यबारे के भयो छलफल ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीबीचको वार्ता सकिएको छ ।

करिब ३ घण्टा चलेको वार्ता मधेशवादी दलहरुका मुद्दामा केन्द्रित भएको स्रोतले जानकारी दियो । जसपाका नेताहरुले आफ्ना माग पूरा गरे सत्ता सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको स्रोतले जानकारी दियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले वार्ता सकारात्मक रहेको जानकारी दिए । उनले शुक्रबार (भोलि) पनि कार्यदलस्तरमा अनौपचारिक छलफल हुने बताए ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले दुई दलबीचको वार्ता सकारात्मक रहेकाले पुनः छलफल जारी राख्ने सहमति भएको जानकारी दिए ।

जसपाका नेताहरुले हिरासतमा रहेका रेशम चौधरीलाई रिहा गर्नुपर्ने, संविधान संशोधन र मधेश आन्दोलनका मुद्दा फिर्ता गर्नुपर्ने माग गरेका थिए ।

प्रधानमन्त्रीले जसपासँग मिलेर सत्ता सहकार्य गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री ओलीले जसपाका नेताहरुलाई छलफलका लागि बालुवाटार बोलाएका थिए । बैठकमा जसपाबाट अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो, अशोक राई सहभगाी थिए ।