काठमाण्डु – आजका लागि तय भएको नेकपा ओली समूहको स्थायी कमिटीको बैठक स्थगित भएको छ । आज बिहान साढे ८ बजेका लािग बोलाइएको स्थायी कमिटी बैठक गृहकार्य नपुगेको भन्दै स्थगित गरिएको हो ।
आज स्थायी कमिटीको बैठक नबस्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।उनले एक या दुई दिनपछि बैठक बस्ने जानकारी दिए ।
बुधबार बसेको पहिलो दिनको बैठकले सर्वोच्चको फैसलालाई सम्मान गर्दै १३ फागुनभित्रै संसद बैठक आह्वान गर्ने, पार्टीको अवस्थाबारे थप छलफल गर्न केन्द्रीय कमिटी तथा संसदीय दलको बैठक बोलाउने र बिभिन्न स्थानमा पूर्वनिर्धारित सभाहरुलाई निरन्तरता दिने निर्णय गरेको थियो ।




प्रतिक्रिया