सार्कलाई नेपालको १० करोड सहयोग, प्रधानमन्त्री ओलीलाई मोदीले दिए ‘धन्यावद’

सार्कलाई नेपालको १० करोड सहयोग, प्रधानमन्त्री ओलीलाई मोदीले दिए ‘धन्यावद’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क देशहरुमा कोरोनाविरुद्ध लड्न खोलिएको सामूहिक कोषमा १० करोड सहयोग गर्ने घोषणाप्रति प्रधानमन्त्री केपी शर्मा ­ओलीलाई धन्यवाद दिएका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको लागि भारतीय प्रधानमन्त्री मोदीले अघि सारेको कोषमा नेपालले १० करोड रुपैयाँ दिने घोषणा गरेका थिए ।

घोषणालगत्तै मोदीले राती ११ बजे ट्वीटरमार्फत प्रतिबद्धता र समर्थनका लागि ओलीलाई धन्यवाद दिएका हुन् ।

मोदीले भनेका छन्, ‘कोभिड–१९ आपतकालीन कोषमा १० करोड रुपैयाँ योगदानको घोषणाले महामारीविरूद्ध सार्क देशहरूको सामूहिक लडाईमा ओलीजीको प्रतिबद्धता र समर्थन प्रतिबिम्बित गर्दछ । हार्दिक धन्यवाद ।’

सार्क राष्ट्रका नेताहरुबीचको भिडियो कन्फ्रेन्समा मोदीले कोषको घोषणा गर्दै भारतले प्रारम्भमा १० मिलियन डलर सहयोग गर्ने बताएका थिए ।