मोदीलाई प्रधानमन्त्री ओलीको सन्देशः खोपमा नेपाललाई अन्य देशजस्तो व्यवहार गर्नुहुँदैन

मोदीलाई प्रधानमन्त्री ओलीको सन्देशः खोपमा नेपाललाई अन्य देशजस्तो व्यवहार गर्नुहुँदैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु — प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नेपाललाई अन्य देशको जस्तो व्यवहार गर्न नहुने बताएका छन् ।

बीबीसी हिन्दीसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले भारतीयत समकक्षी नरेन्द्र मोदीले नेपाललाई कोरोनाको भ्याक्सिन उपलब्ध गराउने विषयमा अन्य मुलुक जस्तो वयवहार नगर्न आग्रह गरेका छन् ।

‘नेपालका बारेमा अन्य देशभन्दा फरक छ । हामी मित्र हौं । खुला सिमानासहितको छिमेकी र मित्रराष्ट्रको हैसियतमा भारतले नेपाललाई खोपको प्राथमिकतमा अन्य देशजस्तो व्यवहार गर्नुहुँदैन’ उनले भने, ‘यी सबै कुरालाई ध्यानमा राखेर मोदीजीले नेपाललाई सहयोग गर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले खोपको विषयलाई लिएर चीन र भारतबीच राजनीतिकरण गर्न नहुने बताएका छन् ।

‘चीन र भारतले गरेको सहयोगलाई लिएर बीचमा राजनीतिलाई ल्याउनु जरुरी छैन् । यसमा कसैको प्रभावको कुरा हुँदैन । यो खोपको मामिला हो । यसमा राजनीति गर्नु जरुरी छैन्,’ उनले भने, ‘दुबै छिमेकी देशले खोपसहितका स्वास्थ्य सामग्री दिएका छन् । यसका लागि म दुवैलाई धन्यवाद दिन चाहन्छु ।’

विगतमा नेपाल र भारतसँग गलत बुझाइ र असमझदारी रहनेपनि अहिले त्यो हटेको प्रधानमन्त्री ओलीको भनाई छ ।

‘पहिले केही असमझदारी थिए । तर, त्यो असमझदारी छैन् । अब विगत हैन, भविष्य हेरेर अघि बढ्नुपर्छ,’ उनले भने ।