सेनालाई जबरजस्ती विवादमा तान्ने प्रयास भयोः प्रधानमन्त्री ओली

सेनालाई जबरजस्ती विवादमा तान्ने प्रयास भयोः प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनालाई जबरजस्ती विवादमा तान्न नहुने बताएका छन् ।

राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सेनाले संविधानमा भएको अधिकार र सरकारले दिएको जिम्मेवारी पूरा गरे पनि जबरजस्ती विवादमा ल्याउने कोसिस भइरहेको बताएका हुन् ।

राष्ट्रिय सुरक्षा र अप्ठ्यारा विकास निर्माणमा महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेको भन्दै प्रधानमन्त्री ओलीले सेनाले गरेका कामको प्रशंसा गरे ।

‘यहाँ सेनालाई घिसारेर विवादमा ल्याउन खोज्ने प्रवृत्ति देखिन्छ । कानुन उलंघन गरेको छ भने हेर्ने निकाय छँदैछन् । तर वाद प्रतिवादमा नउत्रिने संस्थालाई कसैले पनि विवादमा तान्न हुन्न,’ उनले भने, ‘जहाँ अप्ठ्यारो पहरा हुन्छ, त्यहाँ नेपाली सेना चाहिन्छ । सेनाले निकै जोखिमपूर्ण र कठिन मानिएका निर्माण कार्य सम्पन्न गरेको छ, सेनाको गौरवशाली इतिहास छ, यसमा सेनालाई प्रशंसा गर्नुपर्छ ।’

यस्तै उनले सीके राउततर्फ लक्षित गर्दै देशमा पृथकतावादी माग राख्नेहरु र विप्लवतर्फ संकेत गर्दै हिंंसामा रहेकाहरु शान्ति प्रक्रियामा आइसकेकाले सुखी नेपाली समृद्धि नेपालको यात्रा थप सहज भएको बताए । यसलाई कसैको विजय र पराजय भन्दा पनि सबैको विजयको रुपमा लिनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।