एमसीसीलाई पत्र पठाएकोबारे देउवा र प्रचण्डमध्ये एक जनाले झुट बोले : ओली

एमसीसीलाई पत्र पठाएकोबारे देउवा र प्रचण्डमध्ये एक जनाले झुट बोले : ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीका सन्दर्भमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमध्ये एक जनाले झुट बोलेको टिप्पणी गरेका छन् ।

सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष ओलीले सो बताएका हुन् । ‘शेरबहादुरजी हस्ताक्षर गरेर पठाएको भन्नुहुन्छ, प्रचण्डजी होइन भन्नुहुन्छ । दुईमध्ये एउटाले त झुट बोलेको हो नि, होइन ?’, उनले प्रश्न गर्दै भने ।

जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा भाग लिएर स्वेदश फर्किने क्रममा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमसीसी पास गर्छौं भनेर आफू र प्रचण्डले लिखित पत्र पठाएको बताएका थिए । देउवाको उक्त अभिव्यक्ति लगत्तै प्रचण्डले एमसीसी पास गर्छौं भनेर कुनै पत्र नपठाएको बताएका थिए ।

यस विषयमा भने ओलीले आफ्नो पार्टी एमालेले अहिले नै एमसीसीका बारेमा केही नबोल्ने बताए । उनले सत्ता गठबन्धनका तर्फबाट धारणा आइसकेपछि मात्र एमालेले आफ्नो धारणा बनाउने बताउँदै आएका छन् ।