एमाले अध्यक्ष ओलीले बोलाए स्थायी कमिटी बैठक

एमाले अध्यक्ष ओलीले बोलाए स्थायी कमिटी बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ । एमाले अध्यक्ष केपी ओलीले पार्टी विभाजनका बेला तटस्थ बसेका दोस्रो तहका नेताहरुसँगको छलफलपछि मंगलबारका लागि स्थायी कमिटीको बैठक बोलाएका हुन् ।

यो बैठकमा पार्टी विभाजनका बेला माधव नेपालको साथ छोडेका नेताहरु पनि सहभागी हुने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायत दोस्रो तहका नेताहरुले बालकोट पुगेर ओलीसँग छलफल गरेका हुन् । आजको छलफलमा ओलीले भोलि नै बैठक बसेर १० बुँदे सहमति कार्यान्वयन अघि बढाउन प्रस्ताव गरेका छन् ।