केपी ओलीलाई प्रधानमन्त्रीको कुर्सी भुल्न निकै कठिन भइरहेको छ : पञ्चा सिंह

केपी ओलीलाई प्रधानमन्त्रीको कुर्सी भुल्न निकै कठिन भइरहेको छ : पञ्चा सिंह


काठमाण्डु – अखिल (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंहले सत्ता छाड्नुपर्दाको पिडाले प्रचण्डबिरुद्ध केपी ओलीले आक्रोश पोखिरहेको आरोप लगाएकी छन । अखिल (क्रान्तिकारी) कैलालीद्वारा बिहीबार बिरेन्द्र बहुमुखी क्याम्पस टिकापुरमा आयोजित संगठन सुध्रढिकरण अभियानको उद्घाटन कार्यक्रमलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्ने क्रममा नेतृ सिंहले एमाले अध्यक्ष ओली माथी उक्त आरोप लगाएकी हुन् ।

‘केपी ओली दुई-दुई पटक संसदको हत्या प्रयास गर्दा पनि सत्ताको आयु लम्ब्याउन नसकी कुर्सी छाड्नु पर्दाको पिंडा भुल्न नसकेर प्रचण्डमाथी बिष बमन गरिरहेछन । उनलाई साँढेतिन बर्षको बालुवाटार बसाइ भुल्न निकै कठिन भइरहेको छ ।’

गणतन्त्रका लागी भएको संघर्षमा ओलीको भुमीका माथी थप टिप्पणी गर्दै नेतृ सिंहले आगाडी भनिन् ‘निरंकुशता बिरुद्धको निर्णायक लडाईंमा केपी ओलीको भुमिका के थियो? नेपाली राजनितीमा वयलगाडा के हो नेपाली जनतालाई राम्रोसँग थाहा छ । ’

पछिल्लो समय केपी ओलीले प्रचण्डमाथी सार्वजनिक रुपमा तिखो टिप्पणी गर्दै आएका छन । केहि दिन अघि उनले ज्ञानेन्द्र संग ५ बुंदे गोप्य सम्झौता गरेको तथा शेयर कारोबारीबाट चन्दा नपाएपछि पुँजीबजारमाथी गलत अभिब्यक्ति दिएको आरोप लागाएको सन्दर्भलाई प्रतिबाद गर्दै बिध्यार्थी नेतृ सिंहले ओली माथी आक्रोश पोखेकी हुन् ।