प्रधानमन्त्रीले भ्रष्टाचारको छानबिन गराउनुपर्छ,हिरोइज्मको व्यापार गर्ने होइन :अध्यक्ष ओली

प्रधानमन्त्रीले भ्रष्टाचारको छानबिन गराउनुपर्छ,हिरोइज्मको व्यापार गर्ने होइन :अध्यक्ष ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हिरोइज्मको व्यापार नगर्न आग्रह गरेका छन् । सोमबार राष्ट्रिय युवा संघ नेपालको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले हिरोइज्मको व्यापार नगर्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री भएर यसप्रकारको खेल चल्दैन । प्रधानमन्त्रीले यस्ता भ्रष्टाचारको छानविन दृढताका साथ गराउनुपर्छ,हिरोइज्मको व्यापार गर्ने होइन ओलीले भने।’

प्रधानमन्त्रीले हरेक प्रकारको भ्रष्टाचार काण्डको छानबिन गर्नुपर्छ। यसबीचमा प्रचण्डजी र मेरो दुई घन्टा छलफल भएको हो। भेटमा मैले निर्दोषलाई फसकाउने काम नहोस्। दोषी कोही नउम्किउन भनेको हुँ। लगत्तै उहाँले दबाब दिएको भन्नुभयो। उहाँले भनोस् कसले दबाब दिएको छ। भ्रष्टाचार छानबिन गर्न सकेको रोकेको छ। प्रधानमन्त्रीले त यसप्रकारका सबै भ्रष्टाचारको छानबिन गर्नुपर्छ। तर प्रधानमन्त्री भएर यस प्रकारको खेल चल्दैन प्रचण्डजी। हिरोइज्मको व्यापारले चल्दैन,उनले भने।

उनले प्रधानमन्त्रीलाई भ्रष्टाचारको फिल्म देखाउन आग्रह गरे। उनले अन्यत्र सबै ठाउँमा फिल्म चलिसकेकाले तपाइँको हलमा कहिलेदेखि लाग्ने भन्दै प्रश्न गरेका थिए।

त्यस्तै ओलीले रास्वपाका पक्षमा अहिले आएको मत ह्विम भएको बताए। यस्ता ह्विम कहिले-कहिले आउँछन्। त्यस्ता हामीले देखेका छौं। २४० मध्ये १२० सिट जतेपछि माओवादीले खायो भनेर दुनियाँ कराए। मैले त्यतिबेला नै यो अस्थायी फेनोमेना हो भनेको थिएँ।’ छोटो आयु भएकाहरू हलक्कै बढ्ने ओलीको तर्क छ।