काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यका मापदण्ड नअपनाए देशमा लकडाउन गर्नुपर्ने अवस्था आउने बताएका छन् ।
बिहीबार काठमाण्डुमा नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले नै सतर्कता नअपनाए जनजीवन नै ठप्प पार्नुपर्ने स्थिति आउन सक्ने चेतावनी दिएका हुन् ।
उनले भने, ‘कोभिड–१९ को सन्दर्भमा म भन्न चाहन्छु । हाम्रो जनजीवनलाई ठप्प पनि नगरौं । यदि हामी सावधान भएनौं भने बाध्य भएरै ठप्प पार्न पर्ने स्थिति आउन सक्छ,’ उनले भने ।
प्रधानमन्त्री ओलीले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने र हातमुख धुने लगायतका काम गर्दा कोभिड संक्रमणबाट जोगिन सकिने बताए ।
‘हामी सावधान हुनुपर्छ । अहिलेदेखि नै दूरी कायम गर्ने, मास्क लगाउने जस्ता स्वास्थ्यका मापदण्डहरु पालना गरौं । हामी कोभिड–१९ लाई अवसर नदिऔं । मैले भन्ने गरेको छु यहाँबाट फर्किएपछि हामी सबैले हातमुख राम्रोसँग धोऔं।’




प्रतिक्रिया