बालुवाटारमा चहलपहल : सत्ता गठबन्धनको बैठक सकिएलगत्तै पुगे केपी ओली


काठमाण्डु – राष्ट्रियसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चहलपहल बढेको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि भागबण्डाको विषयमा छलफल गर्न बसेको सत्तारुढ दलको बैठक सकिलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन् ।

त्यसअघि बालुवाटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) सहित गठबन्धनको बैठक भएको छ ।

माघ ११ गते राष्ट्रिय सभाका १९ सिटका लागि निर्वाचन हुँदैछ । प्रधानमन्त्री प्रचण्डले एमालेलाई पनि मिलाएर निर्वाचनमा जाने मनस्थिति बनाएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement