बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता

बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्षबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणपछि दुई नेतावीचको मंगलबारको भेटवार्ता दोस्रो पटक हो ।

सचिवालय बैठक बस्न नसक्दा नेकपामा एमसीसी, पार्टी एकताको पुर्णता, वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने लगायतका निर्णय गर्न बाँकी छ ।