नेकपा स्थायी कमिटी बैठक स्थगित, ओली र प्रचण्डबीच ‘वान टु वान’ वार्ता सुरु

नेकपा स्थायी कमिटी बैठक स्थगित, ओली र प्रचण्डबीच ‘वान टु वान’ वार्ता सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक स्थगित भएको छ । सोमबार बिहान ११ बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएको हो ।

आइतबार नेकपा अध्यक्षद्वय केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफल सहमतिमा पुग्न नसकेपछि स्थायी कमिटी बैठक स्थगित भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक असार २४ गते बिहान ११ बजेसम्मका लागि स्थगित भएको जानकारी दिए ।

नेकपा स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि नेकपा फूटको संघारमा पुगेको हो । यता प्रधानमन्त्रीले आफूले राजीनामा दिने अडान कसेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ । पार्टीको समस्या हल गर्न पटक–पटक नेकपाका दुई जना अध्यक्षको बैठक बसेपनि सहमति हुन सकेको छैन् ।

अ‍ोली र प्रचण्डबीच ‘वान टु वान’ वार्ता

नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच बालुवाटारमा ‘वान टु वान’ वार्ता सुरु भएको छ । पार्टीभित्रको समस्याबारे हल खोज्न पटकपटक बस्दै आएको दुई अध्यक्षबीचको बैठक आज पनि जारी छ ।

प्रधानमन्त्री ओली आफ्नो अडानमा अडिग रहँदा बैठक निष्कर्ष विहीन हुँदै आइरहेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार दुई अध्यक्षबीचको बैठक बालुवाटारमा सुरु भएको हो ।