प्रधानमन्त्री ओलीको एकलौटी निर्णयमा स्थायी कमिटी बैठक स्थगित, अध्यक्ष प्रचण्ड असन्तुष्ट

प्रधानमन्त्री ओलीको एकलौटी निर्णयमा स्थायी कमिटी बैठक स्थगित, अध्यक्ष प्रचण्ड असन्तुष्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असन्तुष्टी जनाएका छन् ।

मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा  वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतका नेताहरु बालुवाटार पुगिसकेका छन् । अध्यक्ष प्रचण्डले एक जना अध्यक्षले मात्र बैठक स्थगित गर्न नसक्ने भन्दै असन्तुष्टी जनाएका हुन् ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक स्थगित नहुने बताएका छन् । उनले अधिकांश नेताहरु बालुवाटार पुगिसकेकाले बैठक स्थगित हुने विषय मान्य नहुने बताए । नेता श्रेष्ठले अध्यक्ष प्रचण्डलगायतका केही नेताहरु बालुवाटार आउनेक्रममा रहेको जनाकारी दिए ।

‘माधव नेपाललगायतका नेताहरु बालुवाटार आइसक्नु भएको छ । एकल अध्यक्षको निर्णयले मात्र बैठक स्थगित हुँदैन’, उनले भने, ‘दुवै अध्यक्षको सहमतिले बैठक स्थगित हुने हो ।’

यता प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक स्थगित भएको भन्दै सामाजिक सञ्जालमा सूचना जारी गरिसकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको एकलौटी निर्णयबाट बैठक स्थगित भएको नेताहरुले बताएका छन् ।