केपी ओली र मैले मूर्ख भएर पार्टी एकता गर्यौंः अध्यक्ष प्रचण्ड

केपी ओली र मैले मूर्ख भएर पार्टी एकता गर्यौंः अध्यक्ष प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओली र आफूबीच ‘मूर्ख ‘भएर पार्टी एकता गरेको खुलासा गरेका छन् ।

चाडपर्वहरूको अवसरमा आयोजित शुभकामना आदान प्रदान एवं चियापान कार्यक्रममा विराटनगरमा सम्वोधन गर्दै पार्टी एकता ख्इाल ठट्टा गरेर नगरेको बताएका छन् ।

साथै प्रचण्डले आफू ओरिजिनल माओवादी नभएको बताएका छन् ।

मदन भण्डारी तत्कालीन मालेका महासचिव बन्नु र आफू एकता केन्द्रको महासचिव बन्नुमा कुनै न कुनै संयोग रहेको बताउँदै भण्डारीले प्रतिपादन गरेको विचार जनताको बहुदलीय जनवाद अहिलेको नेकपाको ठूलो सम्पत्ति रहेको उल्लेख गरे ।

‘एकता केन्द्रको महासचिव भएपछि पहिलो केन्द्रीय कमिटीको पहिलो बैठकले अहिले नै जनयुद्ध गर्ने स्थिति छैन, हतियार ओढारमा लगेर राख्नुपर्छ भनेर निर्णय गराउने मै हुँ,’ प्रचण्डले भने, ‘प्रचण्ड भन्नेबित्तिकै हिंसाको पर्याय भनेर जसरी बुझ्ने गरिएको छ, त्यो सही होइन ।’

अध्यक्ष प्रचण्डले जनताको बहुदलीय जनवादलाई आफूले निषेध नगरेको बताए । ‘जनताको बहुदलीय जनवादलाई हामीले निषेध गरेका छैनौं,’ उनले भने, ‘जनताको बहुदलीय जनवाद हामी सबैको राजनीतिक पूँजी हो भन्ने मानेका छौं । एकीकृत पार्टीको राजनीतिक पूँजीको रूपमा हाम्रो दस्तावेजमा व्याख्या गरिएको छ ।’

प्रचण्डले माओवादीले सञ्चालन गरेको जनयुद्ध पनि अहिलेको एकीकृत पार्टीको साझा सम्पत्ति भएको उल्लेख गरे । ‘विगतका सबै कुराहरू हामी सबैको साझा पूँजी भयो,’ उनले भने, ‘हाम्रो दस्तावेजमा माओवादी जनयुद्धले खेलेको भूमिका पनि सकारात्मक रूपले उल्लेख गरिएको छ । प्रचण्डलाई पनि सबैको साझा सम्पति बनाइएको छ ।’

२०६४ सालको पहिलो संविधानसभामा अनपेक्षित रूपमा जीत हासिल गरेको तत्कालीन माओवादीका अध्यक्ष प्रचण्डले जित्दाखेरि कसरी भुइँ छाडिने रहेछ भन्ने आफूलाई अनुभव रहेको उल्लेख गरे ।

’जित्दाखेरि कसरी धर्ती छाडिँदो रहेछ भन्ने मलाई थाहा छ,’ उनले भने, ‘त्यतिबेला एमालेले अनपेक्षित रूपमा हार्दा कत्तिको हतोत्साही भएको थियो भन्ने अनुभव पनि हामीले गरेका छौं । २०७० सालमा माओवादी तेस्रो पार्टी हुँदा कस्तो हालत हुँदो रहेछ भन्ने पनि मलाई थाहा छ ।’