बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता, अन्तरपार्टी निर्देशन जारी गर्ने तयारी

बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता, अन्तरपार्टी निर्देशन जारी गर्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

गत शुक्रबार सकिएको नेकपा स्थायी कमिटीपछि दुई जना अध्यक्षको बैठक बालुवाटारमा बसेको हो । आजको बैठकमा अन्तरपार्टी निर्देशन जारी गर्ने विषयमा छलफल भएको बताइएको

छ ।

अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले मातहतका कमिटीलाई पठाउने सर्कुलर जारी गर्ने विषयमा दुई अध्यक्षबीच छलफल भएको बताए ।

गत बुधबार अध्यक्ष प्रचण्डले कार्यकारीसहित पार्टी सञ्चालन गर्ने र प्रधानमन्त्री ओलीले सरकार सञ्चालन गर्ने सहमति भएको थियो । त्यस्तै पार्टीका महत्वपूर्ण कामबारे दुवै जना अध्यक्ष बसेर छलफल गर्ने पनि सहमति भएको छ ।