मुख्यमन्त्री शाहीविरुद्धको प्रस्तावमा अध्यक्ष प्रचण्ड असन्तुष्ट, विवाद मिलाउने जिम्मा प्रधानमन्त्रीलाई

मुख्यमन्त्री शाहीविरुद्धको प्रस्तावमा अध्यक्ष प्रचण्ड असन्तुष्ट, विवाद मिलाउने जिम्मा प्रधानमन्त्रीलाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध दर्ता अविश्वासको प्रस्ताव दर्ता भएको विषयमा असन्तुष्टी जनाएका छन् ।

सोमबार बिहान बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा अध्यक्ष प्रचण्डले मुख्यमन्त्रीविरुद्ध आएको प्रस्तावबारे असन्तुष्टी जनाएका हुन् । आइतबार कर्णाली प्रदेशका १८ सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

उनले कर्णाली प्रदेशमा देखिएको समस्या समाधान गर्न पनि आग्रह गरेका थिए । उनले स्थायी कमिटी बैठक र सचिवालय बैठकको म्याण्डेडअनुसार विवाद समाधान गर्न आग्रह गरेका थिए । अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीलाई कर्णाली प्रदेशमा भइरहेको विवादको वास्तविकता सोधेका थिए ।

‘उहाँले (प्रचण्ड)कर्णालीको विवादले पार्टीमा राम्रो संकेत गर्दैन, छलफलका माध्यमबाट हल गरौं भन्नुभयो । कर्णालीको विवाद पार्टीको म्याण्डेडअनुसार समाधान गर्नुपर्ने अध्यक्ष प्रचण्डको भनाई थियो’, स्रोतले भन्यो, ‘उहाँले  प्रधानमन्त्रीलाई नै उक्त विवाद मिलाउने जिम्मा दिनु भएको छ ।’

नेकपाबाट कर्णाली प्रदेशको प्रदेशसभामा ३३ जना सांसद छन् । त्यो मध्येबाट १८ जनाले नेकपाको संसदीय दलको नेता समेत रहेका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । शाहीविरुद्ध हस्ताक्षर गर्नेमा पुर्व माओवादीका ३ जना सांसद समेत रहेका छन् ।

नेकपा संसदिय दलका प्रमुख सचेतक गुलावजंग शाह समेत शाहीलाई दल नेताबाट हटाउने पक्षमा छन् । उनकै सरकारमा मन्त्री रहेका नन्दसिंह वुढा र दल रावल समेत मुख्यमन्त्रीलाई दल नेताबाट हटाउनुपर्ने पक्षमा रहेको स्रोतको दावी छ ।