काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद चर्किरहेका बेला अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आदान–प्रदान भएको पत्र तल्लो कमिटीमा पठाइएको छ ।
गत कात्तिक २२ गते बैठक बोलाउन माग गर्दै पाँच जना सहिवालय सदस्यहरुले प्रधानमन्त्रीलाई बुझाएको पत्र र २८ गते सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रस्ताव तल्लो कमिटीमा पठाइएको हो ।
उक्त पत्रमा सचिवालय बैठकको सहमतिका लागि प्रधानमन्त्री ओलीलाई बुझाएको पत्र र ओलीले प्रचण्डलाई दिएको जवाफ समावेश छ । त्यस्तै अध्यक्ष प्रचण्डले पुनः प्रधानमन्त्रीलाई दिएको जवाफ र अध्यक्ष प्रचण्डले सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रस्तावलाई समेटेर सबै कमिटीमा उक्त पत्र पठाइएको हो ।
दस्तावेज वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पनि पठाएको प्रचण्डको सचिवालयले जनाएको छ । सचिवलायका अनुसार प्रचण्डका कारण पार्टी फूट्ने गलत सन्देश कार्यकर्तामा गएकाले दुई अध्यक्षबीच भएका पछिल्ला गतिविधिबारे जानकारी दिन उक्त दस्तावेज पठाइएको हो ।
उक्त पत्रको सवाल-जवाफमा अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डले एक अर्कालाई आरोप प्रत्यारोप गरेका छन् ।




प्रतिक्रिया