प्रचण्ड–नेपाल पक्षले आइतबार प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने

प्रचण्ड–नेपाल पक्षले आइतबार प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने भएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले आइतबार प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने सांसद ओनसरी घर्तीले जानकारी दिइन् । उनले आजको बैठकमा ११५ जना सांसदहरुले हस्ताक्षर गरेको दाबी गरेकी छन् ।

‘अहिलो हाम्रो पक्षमा ११५ जना सांसदहरु हुनुहुन्छ । आइतबार अविश्वासको प्रस्ताव पेश गर्छौं’, उनले भनिन् ।

आजको बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयनसमेत गरेको छ ।