काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धम्की नदिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिएका छन् ।
मंगलबार प्रतिनिधिसभामा बोल्दै अध्यक्ष ओलीले प्रचण्डले विगतमा देशमा डढेलो लगाएको स्मरण गर्दै धम्की नदिन चेतावनी दिएका हुन् ।
‘सत्ता परिवर्तन हुनेबित्तिकै सत्ता पक्षका नेताहरुले भन्नु भयो, होसियार म आगो हुँ मसँग नखेल नत्र भन्नु भयो’, उनले भने, ‘मलाई थाहा छ उहाँले विगतमा देशमा लगाएको डढेलो सम्झिरहेको छु । उहाँ आगो हो थाहा छ तर एक/दुई बाल्टी पानीले आगो निभाएको हामीलाई थाहा छ ।’
अध्यक्ष ओलीले आगो निभाउन पानी खन्याउनुपर्ने भन्दै सडकमा एउटा कागज वितरण गर्दै प्रतिपक्षलाई गाली गरेर राष्ट्रिय सहमति नबन्ने बताए ।
‘यस्ता आगो निभाउन पानी खन्याउनुपर्छ । सरकार बन्दैछ तर धम्की दिने ? म आगो हुँ भनेर, म सँग नखेल भनेर धम्की दिने ?’, उनले भने, ‘सडकमा एउटा कागज वितरण गरेको छ । प्रतिपक्षलाई गाली गरेर, सरापेर कस्तो राष्ट्रिय सहमति बन्छ ? प्रतिपक्षलाई धम्की दिएर राष्ट्रिय सहमति नत्र भन्छन् नत्र के गर्छन् ? हामी पनि हेरौँला ।’




प्रतिक्रिया