केपी ओली र प्रचण्डबीच वार्ता

केपी ओली र प्रचण्डबीच वार्ता


काठमाण्डु– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

आइतबार ललितपुरस्थित एमाले कार्यालय च्यासलनजिकै एक घरमा दुई नेताबीच भेटवार्ता भएको हो ।

दुई नेताबीच समसामयिक विषयमा छलफल भएको नेकपा संयोजक प्रचण्डको सचिवालयका प्रमुख गोविन्द आचार्यले जानकारी दिए । आसन्न निर्वाचनको वातावरण बनाउने,राष्ट्रिय सभा निर्वाचनमा सहकार्यको सम्भावनाका विषयमा समेत छलफल भएको बताइएको छ ।

जेनजी आन्दोलनपछि उनीहरुको पहिलो द्धिपक्षीय भेट हो ।

यस्तैमा आज नेकपा निकट प्रवासी नेपाली समाजको कार्यक्रममा सहभागी हुन प्रचण्ड दिउँसो दिल्ली जादै छन् ।

दिल्ली भ्रमणमाका क्रममा औपचारिक रुपमा भारतीय अधिकारीहरूसँग भेटघाट गर्ने भने कार्यक्रम नरहेको सचिवालयले स्पष्ट पारेको छ ।