काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अोलीले पुष्पकमल दाहाल प्रचण्ड परिवारवाद भएको आरोप लगाएका छन् । बिहीबार प्रेस संगठनको दोस्रो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री अोलीले जनयुद्ध लडेका परिवारलाई प्रचण्डले बिचल्ली बनाएको आरोप लगाए ।
‘केपी ओलीका छोराछोरी छैनन् । मेरा त छोरी ज्वाई छन् बनाउनै परो । मेयर बनाउन भोट पुगेन भने मतपत्र च्यात्नै परो । बहादुर हो । बाउ सुसरो यस्तो पो होस् । मेरा आफ्नै केटाकेटी छैनन् । देशका सबै केटाकेटीका लागि म काम गर्दैछु’, उनले भने, ‘उहाँलाई त्यो ठाउँमा पुर्याउनेहरूका छोराछोरी, ज्वाई नाती नातिना छन् छैनन् ? अरुका पनि छोराछोरी छन् नि । अरुका छोराछोरी काठले बनाएको हो ? अरुका छोराछोरी पसलमा खेलाउने पुतलीबाट बनेका हुन् ? अरुलाई हेर्नुपर्छ कि पर्दैन ? काला सपना कालो मनशाय लिनु भएको छ ।’
त्यस्तै उनले नेपालमा सांसद किनबेचको क्रम सुरु भएको बताए । उनले देशमा खास लडाई सुरु भएको बताउँदै आफूले देश विकासका लागि जोडेको पार्टी हुतिहार भएको बताए ।
‘देश खास लडाईमा छ । संसदलाई सांसद किनबेचको सिलशीला सुरु भएको छ । मैले सुरु गरेको थिएँ । दुई पार्टी जोडेर मैले देशको रक्षा, स्वाधिनताको रक्षा गरोस् र देशको विकासमा सर्मपित होस् । अरुले पनि आहा भन्ने देश भनो् भन्ने परिकल्पना गरेको थिएँ । एउटा कामको पनि तारिफ नगर्ने पार्टी र हुतिहारा पार्टी बनेछ’, उनले भने ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री अोलीले सरकार लोकतन्त्रको रक्षाका लागि सचेत रहेको स्पष्ट पारेका छन् ।
‘लोकतन्त्रलाई कुबाटोमा लैजान नदिने बताउँदै उनले हामी शान्तिपूर्ण वैधानिक लोकताीनत्रक विधि र बाटाबाट राष्ट्रियता र लोकतन्त्र र जनताका हित, सामाजिक न्याय र समानताक ापक्षमा खासगरी हामीले लडेर ल्याएको लोकतन्त्रको रक्षा गर्ने । लोकतन्त्रर्ला कुबाटोमा लान नदिने ति प्रयास वा राजनीीतक लडाइ लडिरहेका छौं । बौद्धिक जिम्मेवारी, उत्तरदायित्वपूर्ण ढंगले लडिरहेका छौं । हामी विचारमा स्पष्ट हुनुपर्छ । हामी रातो झण्डा फहराउने हौं’, उनले भने, ‘पेरिसडाँडामा कालो झण्डा फहराउने हौं । हामीलाई देश बनाउनुछ । कसैप्रति प्रतिशोध साँध्नुपर्ने छैन् । त्यसका लागि हामीले भ्रष्टाचार समाप्त गर्नुपर्नेछ । खुरुखुरु बाटो छोड्दिँदैन । समाजमा विभिन्न किसिमका तत्वहरु हुन्छन् । तिनिहरुले जनतालाई सिनेमा देखाउँछन् । केही मान्छेहरु सिनेमा र नाटक देखाउनु आउँछन् जनतालाई झुक्याउँछन् । हामीले त्यस्ताहरुबाट सचेत र सजग बनाउनुपर्छ ।’
प्रधानमन्त्री अोलीले प्रचण्डले आफूले भारतीय टेलिभिजन जी न्यूजलाई दिएको अन्तर्वार्ता नौटंकी भनेको आपत्ति जनाएका छन् । उनले प्रचण्डलाई ‘कसरी नौटंकी भयो बताइदिनूस त ?’ भन्दै प्रश्न गरेका छन् ।




प्रतिक्रिया