एमाले अध्यक्ष ओली र अमेरिकासहित ४ देशका राजदूतबीच भेटवार्ता

एमाले अध्यक्ष ओली र अमेरिकासहित ४ देशका राजदूतबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अमेरिकासहित ४ देशमा राजदूतले भेटवार्ता गरेका छन् ।

बुधबार बिहान एमाले पार्टी कार्यालय पुगेर अमेरिका, स्वीट्जरल्याण्ड, अष्ट्रेलिया र बेलायतका राजदूतहरुले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् । उनीहरूबीच संक्रमणकालीन न्याय सम्बन्धी विषयमा छलफल भएको बताइएको छ ।

संक्रमणकालीन न्याय सम्बन्धी विषयलाई निष्कर्षमा पुर्‍याउने उद्देश्यले सरकारले विधेयक ल्याउन लागेपछि पश्चिमा देशका राजदूतहरूले सक्रियता बढाएका हुन् ।

अमेरिकासहित पश्चिमा मुलुक नेपालको शान्ति प्रक्रिया टुंग्याउने नाममा गम्भीर मानव अधिकार हननमा संलग्नहरुलाई आममाफी दिन नहुने पक्षमा देखिएका छन् ।

केही दिनअघि उनीहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर द्वन्द्वकालीन समयमा भएका गम्भीर मानवअधिकार उलंघनका घटना र पीडितहरूको पुनरावेदनका विषयमा चासो राखेका थिए ।

माओवादीले द्वन्द्वकालीन मुद्दाहरू छिट्टै टुंग्याउनुपर्ने माग गर्दै आएको छ । यही सन्दर्भमा राजदूतहरूले ओलीलाई भेटेर ध्यानाकर्षण गराएका हुन् ।