काठमाण्डु– पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराइने भएको छ ।
स्वास्थ्य अवस्थाका कारण अस्पतालमा रहेका उनलाई भौतिक रुपमा अदालतमा उपस्थित गराउन नसकिने भएपछि भिडियो कन्फ्रेसिङबाट उपस्थित गराइने भएकोे हो ।
२ पटक मिर्गौला प्रत्यारोपण गरिएका ओली स्वास्थ्य परीक्षणपश्चात चिकित्सको सल्लाहमा टिचिङ अस्पताल भर्ना भएका छन् । उनकाे मुटुकाे चाल बढेकाे र पित्तथैलीमा पत्थरी समेत देखिएकाे बताइएकाे छ ।
२३ गते भएको जेनजी आन्दोलन दमन गरेको जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा ओली सँगै पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकलाई भने अदालतमा उपस्थित गराइसकिएको छ ।
ओली र लेखकलाई हिरासतमा राख्नका लागि म्याद थप गराउन प्रहरीले जिल्ला अदालत, काठमाण्डुमा निवेदन दिइसकेको छ ।
निवेदन जिल्ला अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासमा परेको छ। यस निवेदनमाथि आज सुनुवाइ हुनेछ।




प्रतिक्रिया