प्रधानमन्त्री ओलीले दिए श्रीलंकाका प्रधानमन्त्रीलाई बधाई

प्रधानमन्त्री ओलीले दिए श्रीलंकाका प्रधानमन्त्रीलाई बधाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – श्रीलंकाका नयाँ प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् । बिहीबार ट्वीट गर्दै प्रधानमन्त्री ओलीले महिन्दालाई बधाई दिएका हुन् ।

ओलीले महिन्दासँग नजिकबाट काम गर्न उत्सुक रहेको भन्दै नेपाल र श्रीलंकाबीचको सम्बन्धलाई सुदृढ पार्दै अघि बढ्ने बताएका छन् ।प्रधानमन्त्री ओलीले महिन्दाको कार्यकालका लागि शुभकामना समेत व्यक्त गरेका छन् ।

श्रीलंकाका पूर्व राष्ट्रपति तथा नयाँ प्रधानमन्त्री महिन्दा राजापाक्षेले बिहीबार आफ्ना भाइसमेत रहेका नवनिर्वाचित राष्ट्रपति गोटभाया राजापाक्षे समक्ष सपथ ग्रहण गरेका थिए । बुधबार रनिल विक्रमासिंघेले राजिनामा दिएसँगै गोटभायाले दाई महिन्दालाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।