काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका सांसद अवैधानिक भएको बताएका छन् ।
आफुहरुले १४ जना सांसदलाई निष्कासन गरिसकेकाले उनिहरु गैर सांसद भएको तर्क गरे । आज बसेको एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले एकीकृत समाजवादीका सांसद बैठकमा उपस्थित भए संसद चल्न नदिने स्पष्ट पारेका हुन् ।
‘यदि गैर सांसद्को उपस्थिति हुन्छ भने कुनै पनि हालतमा गैरकानुनी ढंगले सदन प्रारम्भै हुन दिँदैनौं । त्यसको प्रक्रिया अगाडि बढ्दै दिँदैनौं’, ओलीले भने । उनले सभामुख सापकोटाप्रति आक्रोश व्यक्त गरे ।




प्रतिक्रिया