देउवालाई प्रधानमन्त्रीको फोनः मेरो नेतृत्वमा राष्ट्रिय सरकार बनाउँ

देउवालाई प्रधानमन्त्रीको फोनः मेरो नेतृत्वमा राष्ट्रिय सरकार बनाउँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने समय नभएकाले नयाँ सरकार गठनको प्रक्रियामा गएको बताएका छन् ।

शुक्रबार बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले विश्वासको मत लिने कर्मकाण्ड पूरा गरेर समयको सुविधा आफूहरुसँग नभएको बताएका हुन् ।

‘हामीले समय लिएर विश्वासको मत लिने कर्मकाण्ड पूरा गरेर, विश्वासको मतबाट फेरि पराजित भएर उपधारा ५ मा गइरहने समयको सुविधा हामीसँग छैन,’ उनले भने ।

प्रधानमन्त्री ओलीले आफूले पुनः संसदमा विश्वासको मत नपाउने भन्दै फेरि संविधानको धारा ७६ उपधारा ५ कै प्रक्रियामा गएको स्पष्ट पारे ।

‘मानौं जेठ १४ गते सरकार बन्यो भने बजेट कसरी पेश गर्छ ?,’ उनले भने, ‘आफ्ना नीति कार्यक्रम कसरी तर्जुमा गर्ला ?’

प्रधानमन्त्री अ‍ोलीले वैकल्पिक सरकार बनाउन विपक्षी गठबन्धनलाई चुनौती दिएका छन् । उनले आफूले वैकल्पिक सरकारलाई नेकपा एमालेले रचनात्मक सहयोग गर्ने बताए ।

‘सक्नुहुन्छ भने वैकल्पिक सरकार बनाउनूस् । होइन भने मलाई समर्थन गर्नूस् । राष्ट्रिय सहमतिको सरकार बनाउँ । तपाईहरु सरकार बनाउनूस् हाम्रो रचनात्मक सहयोग हुनेछ’, उनले भने ।

प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरेर सरकार बनाउन आग्रह गरेको बताएका छन् ।

‘तपाईहरु सरकार बनाउनूस् न हामी प्रतिपक्षमा बसेर संयमित भएर सहयोग गर्नेर्छौं । मेरो नेतृत्वमा राष्ट्रिय सरकार बनाउँ । तपाईहरु राष्ट्रिय राजनीतिलाई विभाजित बाटोमा लाने काम नगर्नू्स् । उपर्युक्त विकल्पमा छलफल गरौं भने उहाँहरु त्यो पनि गर्न नसक्ने’, उनले भने ।