देउवालाई हात जोड्दै ओलीले भनेः मेरा पार्टीका सांसदलाई मन्त्री दिनुस्, प्लिज !

देउवालाई हात जोड्दै ओलीले भनेः मेरा पार्टीका सांसदलाई मन्त्री दिनुस्, प्लिज !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले माधव नेपाल पक्षका सांसदहरुलाई मन्त्री बनाईदिन आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष ओलीले आफ्ना पार्टीका सांसदहरुलाई मन्त्री बनाईदिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । उनले प्रधानमन्त्री देउवालाई हात जोड्दै पाउँला र खाउँला भनेर कुदेकालाई मन्त्री बनाईदिन आग्रह गरेका छन् ।

‘मेरै पार्टीका केही मान्छेहरू पाउँला र खाउँला भनेर कुदेका छन् । हिरिक् हिरिक् हिरिक् भएका छन्,’ उनले भने, ‘यति त गराइसक्नुभयो, पछि त लगाइसक्नुभयो । कुद्‍या छन् कुद्‍यै छन्, फ्याँफ्याँ भएका छन् । बिहान बेलुका चाकरी बजाइरहेका छन् । मेरो दलमा अलिकति घाटा भएमा सहुँला बुझाउन मन्त्री दिनुस्, प्लिज !’