काठमाण्डु – संसदमा जारी गतिरोध अन्त्यका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसंग संवाद थाल्ने भएका छन् । प्रधानमन्त्री देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग भेट गरेर संसदको गतिरोध अन्त्यका लागि पहल गर्ने भएका हुन् ।
ओलीलाई भेट्न देउवा वालकोट जाने बताइएको छ । आज भएको पाँच दलीय गठबन्धनको बैठकमा संसद अवरोध हटाउनका लागि अध्यक्ष ओलीसँग संवाद गर्न सत्ताधारी नेताहरुले देउवालाई सुझाव दिएका हुन् ।
बुधबार बालकोटमा भएको भेटबारे कांग्रेस नेता रामचन्द्र पौडेलले ब्रिफिङ गरेपछि देउवा बालकोट जान तयार भएका हुन् । सर्वदलीय बैठकमा एमालेलाई उपस्थित हुन सहमत गराउने जिम्मा पनि देउवालाई दिइएको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले बताइन् ।
एमालेले कारबाही गरेका माधव नेपालसहितका १४ जना सांसदको पद खारेज नगरेसम्म संसदको अवरोध जारी रहने अडानमा एमाले रहेको छ भने कांग्रेस एमालेलेलाई फकाउने प्रयासमा छ ।




प्रतिक्रिया