काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई छलफलका लागि बाुवाटार बोलाएका हुनु् ।
विपक्षी दलका नेतासँग छलफल नै नगरी संवैधानिक पदमा नियुक्ती गर्नेगरी अध्यादेश ल्याएपछि प्रधानमन्त्री ओलीको आफ्नै पार्टीका नेताले आलोचना गरिरहेका थिए ।
सरकारले ल्याएका दुईवटै अध्यादेश फिर्ता लिएपछि प्रधानमन्त्रीले विपक्षी दलका नेतासँग छलफल गर्न लागेका हुन् । सरकारले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिएको हो ।
शुक्रवार ३ बजे बालुवाटारमा दुई नेताबीच छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।




प्रतिक्रिया