रामचन्द्र पक्राउ परेपछि प्रधानमन्त्रीलाई देउवाको फोनः शसक्त प्रतिरोध गर्छौं

रामचन्द्र पक्राउ परेपछि प्रधानमन्त्रीलाई देउवाको फोनः शसक्त प्रतिरोध गर्छौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरेका छन् । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा किन दुर्व्यवहार र गिरफ्तार गरिएको भन्दै प्रधानमन्त्री अ‍ोलीलाई टेलिफोन गरेका हुन् ।

तनहुँ जिल्लाको ब्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा निर्मित पुल उद्घाटन गर्न गएका नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको पौडेलले केहीबेर अघि फेसबुकमार्फत जानकारी गराएका थिए ।

कांग्रेस सभापति देउवाले पौडेललाई तत्काल ‘रिहा गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार भएर बस्न’ चेतावनी दिएका छन् ।

बुधबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले सो घटनालाई निन्दनीय भन्दै सरकारको प्रवृत्ति विरुद्ध देशब्यापी प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

‘वर्तमान सरकारको अधिनायकवादी आकांक्षाको जगमा भएको यो घटना प्रति कडा विरोध प्रकट गर्दै अधिनायकवादी अभिस्टलाई पूरा हुन नदिन नेपाली कांग्रेस एक ढिक्का भएर शसक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छु’ विज्ञप्तिमा भनिएको छ ।