काठमाण्डु – एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)दर्ताविरुद्ध सर्वोच्चमा दायर गरेको रिट हेर्न नभ्याइनेमा राखिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बेञ्चमा सुनुवाइ तोकिएको मुद्दालाई सर्वोच्च अदालतले हेर्न नभ्याइनेमा राखेको हो । दल दर्ताविरुद्ध एमाले अध्यक्ष ओलीले वारेसनामामार्फत भदौ १७ मा तीन रिट दर्ता गराएका थिए । रिटमा एमालेले कारबाही सिफारिस गरेका १४ सांसदलाई पदमुक्त भइसकेको र त्यसलाई आयोगले मान्यता दिएर नयाँ पार्टीको मान्यता दिनु असंवैधानिक भएको जिकिर गरिएको छ ।
रिटमा सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग, नेपालसहित १४ सांसद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतलाई विपक्षी बनाइएको छ । साथै एमालेले रिटमा १४ सांसदलाई पदमुक्त गर्न अन्तरिम आदेश माग गरेको छ । यसअघि शुक्रबार पनि बेञ्च बस्न नभ्याएका कारण सुनुवाइ स्थगित भएको थियो।




प्रतिक्रिया