काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ एक हाइड्रोको सेयर सम्बन्धी विवादमा मुछिएपछि सुसन कर्मचार्यका परिवारले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।
नेकपाका प्रबक्ता श्रेष्ठसँग जोडेर याम्बलिङ हाइड्रोपावर र नेकपाका दिवंगत नेता कमानसिंह लामाबीचको विवादलाई लिएर आफ्नो परिवारको चरित्र हत्या गर्न खोजिएको भन्दै सुसनले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेकी हुन् । आइतबार भएको भेटमा प्रधानमन्त्री ओलीले हल्लाको पछि नलाग्न सुझाव दिएको उनका पति लक्षमण कृष्ण राजभण्डारीले जानकारी दिएका छन् ।
सुसन प्रवक्ता श्रेष्ठको स्वकिय सचिवसमेत हुन् । आइतबार दिउँसो २ बजेबाट ३ः४५ सम्म श्रीमान लक्ष्मण किष्ण राजभण्डारी, श्रीमती सुसन र छोरीले प्रधानमन्त्रीलाई भेटेर वास्तविकता बताएका हुन् ।
‘उहाँले श्री कमानसिंह लामले यस वारेमा आफूसँग पनि कुरा गरेको तर यो आपसी बिषय भएकोले मिलेर सल्टाउन र क.प्रचण्डले केही सहयोग गर्न सक्नुहुन्छ भने त्यता कुरा गर्न सुझाव दिनुभएको पनि जानकारी दिनुभयो । साथै उहाँले नेपालमा यस्ता नामै नसुनेका अन्लाईनहरुले जे पनि लेख्छ यसको पछी लाग्नु हुँदैन, गल्लिमा कुकुर भुकिरहन्छ, कुकुरले भुक्यो भन्दैमा कुकुरको पछाडि लाग्ने होइन, आनन्दले विना टेन्सन हिडिरहनुपर्छ भनेर सम्झाउनु भयो’, अोलीको भनाई उद्धृत गर्दै सुसनका श्रीमानले भने ।




प्रतिक्रिया