काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी ओली समूहकाे भ्रातृ सङ्गठन राष्ट्रिय युवा संघको अध्यक्षमा वचनबहादुर सिंह चयन भएका छन् ।
युवा संघ इन्चार्ज महेश बस्नेत सहितको अध्यक्ष मण्डलले सिंहलाई प्रस्ताव गरेपछि केन्द्रीय समिति बैठकले अध्यक्षमा उनलाई चयन गरेको हो ।
युवा संघ र वाईसीएल एकीकरण हुनुअघिका अध्यक्ष र एकीकरणपछिका सहसंयोजक रमेश पौडेलको ठाउँमा सिंह चयन भएका केन्द्रीय सदस्य जय गुरुङले जानकारी दिए ।
बैठकले युवा संघको सह–अध्यक्षमा किरण पौडेललाई चयन गरेको छ । सिंह जेठ १६ गतेसम्म अध्यक्ष रहने र त्यसैदिन उनी ४० वर्ष पुग्ने भएकाले त्यसपछि किरण पौडेल स्वतः अध्यक्ष हुने समझदारी बनेको छ ।
त्यस्तै संघको महासचिवमा रमेश आचार्य चयन भएका छन् । राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा (दिपशिखा)संसद विघटनपछि विघटित नेकपाकाे प्रचण्ड–नेपाल पक्षमा लागेपछि उनलाई हटाएर ओली पक्षले नयाँ नेतृत्व चयन गरेको हो ।
राष्ट्रिय युवा संघका नयाँ पदाधिकारीहरू:
अध्यक्ष– वचनबहादुर सिंह
सह–अध्यक्ष– किरण पौडेल
उपाध्यक्ष– सन्तोष रावल, रविन थापा, क्षितिज थेबे, अञ्जना अधिकारी, उर्मिला सुनुवार, नृपेन्द्र महत, सञ्जीव झा, रोशन बस्नेत, अमित लामा, गजेन्द्र शाही, अशोक चौलागाईं, तिरण गौतम र सुमन पुरी
महासचिव– रमेश आचार्य
उपमहासचिव– रामजी सापकोटा र रमेश तिवारी
सचिव– सन्तोषप्रकाश जोशी, विष्णा चन्द, मिलन सिंह, सुमित्रा बोगटी, राजन थापा, सुमन बुढा, चन्द्र दाहाल, तुलबहादुर अधिकारी, रमेश पौडेल, रविन्द्र लम्साल, प्रकाश लामिछाने, गोविन्द बस्नेत, हरि लम्साल, महेन्द्र गुरुङ, खिलबहादुर राना, सम्राट गौचन, मदन भण्डारी, अमित पौडेल, शिव महर्जन, मिलन सिंह, प्रकाश लामिछाने, बिमल लामिछाने, महाराज गुरुङ, जय गुरुङ, विष्णुहरी त्रिपाठी, बेग पाण्डे, संगीता अछामी, प्रताप डल्लाकोटी, सत्यनारायण यादव, शिवचन्द्र सिंह, मोबिन आलम,सीता सुवेदी, अर्जुन ढुंगाना, देवानन्द मेहता, रामकाजी बान्तवा, राकेश राई
कोषाध्यक्ष– मुकेश बुढाथोकी
सह–कोषाध्यक्ष– राकेश लामा र हिमेश केसी
निर्वाचन आयोग प्रमुख– बाबुराम पाण्डे
लेखा आयोग प्रमुख– सुदीप सापकोटा, उपप्रमुख– प्रल्हाद प्रधान




प्रतिक्रिया