काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि पुगेको टोलीलाई फर्काएको विषयमा आक्रोश पोखेका छन् ।
आइतबार सिंहदरबारमा बसेको कोभिड–१९ नियन्त्रण तथा रोकथाम समिति (सीसीएमसी)को बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले मुख्यमन्त्री भट्टराई रजौटे प्रवृति देखाएको भन्दै आक्रोश पोखेका हुन् ।
‘प्रदेश नम्बर ७ को सरकार के स्थिति छ ? के सहयोग गर्नुपर्यो भनेर मान्छे पठाउँदा हामीलाई चाहिएको पनि छैन् भेट्दा पनि भेट्दैनौं भनेर फिर्ता पठाइदिएछन् । केन्द्रबाट मन्त्रीलाई अनुगमन गर्न पठाउँदा हामी भेट्दैनौं’, उनले भने, ‘हामीलाई चाँहिदैन जाउ भन्ने । प्रदेशका नाममा इलाकिय रजौटा मच्चाउने खालका प्रवृतिहरु । यस्तो मानवीय संकटका बेला रजौटे प्रवृति उचित हुन सक्छ र ?’
केन्द्र सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि चासो देखाउँदा उल्टै फर्काउने प्रवृति सह्य नहुने उनले चेतावनी दिए । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा सरकारकाविरुद्ध भइरहेको विरोधबारे असन्तुष्टी पोखेका छन् । उनले सरकारका बारेमा वितृष्णा फैलाउने काम भइरहेको बताए ।




प्रतिक्रिया