प्रधानमन्त्री ओलीलाई पार्टीको आकस्मिक निर्णयको अधिकार दिइयो

प्रधानमन्त्री ओलीलाई पार्टीको आकस्मिक निर्णयको अधिकार दिइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले आकस्मिक निर्णयको अधिकार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिने निर्णय गरेको छ ।

बिहीबार बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले पार्टीको अत्यावश्यक निर्णयको अधिकारी प्रधानमन्त्रीलाई दिने निर्णय गरेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

राष्ट्रिय राजनीति, पार्टीको आन्तरिक विषयका कामकारबाहीबारे निर्णय गर्ने अधिकार ओलीलाई दिइएको हो ।

आजको बैठकले माधव नेपालसहित चार जना नेतामाथिको कारबाही फुकुवा गरेको छ । बैठकले नेता नेपालसहित, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो ।