ओलीको प्रश्न– निर्मला पन्तको विषयमा अहिले किन सरकार मौन छ ?

ओलीको प्रश्न– निर्मला पन्तको विषयमा अहिले किन सरकार मौन छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले अध्यक्ष केपी ओलीले बलात्कारपछि हत्या भएकी कन्चनपुरकी निर्मला पन्तको विषयमा सरकार मौन बसेको आरोप लगाएका छन् ।

शुक्रबार मुलपानीमा आयोजित एमाले काठमाण्डुको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा उनले आफू सरकारमा हुँदा अनुसन्धान गर्न नदिएर व्यवधान खडा गरेको भन्दै अहिले देउवा सरकार किन मौनको भन्दै प्रश्न गरे ।

‘हामी सरकारमा हुँदा निर्मला–निर्मला भनेर अनुसन्धानमा अवरोध गरेका थिए, प्रहरीलाई अनुसन्धानमा व्यवधान गरे’, उनले भने, ‘अहिले कांग्रेसको नेतृत्वको सरकार किन मौन बसेको छ ?’

११ साउन २०७५ मा बलात्कारपछि हत्या गरिएको अवस्थामा निर्मला फेला परेकी थिइन् ।