चार नयाँ केन्द्रीय सदस्यलाई ओलीले दिए सहइन्चार्जको जिम्मेवारी

चार नयाँ केन्द्रीय सदस्यलाई ओलीले दिए सहइन्चार्जको जिम्मेवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका नवनियुक्त चार केन्द्रीय सदस्यले सहइन्चार्जको जिम्मेवारी पाएका छन् ।

शुक्रबार पार्टी कार्यालय च्यासलमा सुरू भएको केन्द्रीय कमिटी बैठकले जीवन गौतम, बृजेशकुमार गुप्ता, अमृत राजबंशी र धर्मदत्त देवकोटालाई सहइन्चार्जको जिम्मेवारी दिएको हो ।

उनीहरूलाई आजै पार्टी अध्यक्ष केपी शर्मा ओलीले सपथग्रहण गराएका थिए । मनोनीतमध्ये गौतम र गुप्ता लुम्बिनी प्रदेशको सहइन्चार्जमा मनोनीत भएका छन् । त्यस्तै राजबंशी झापा जिल्ला सहइन्चार्ज र देवकोटा बागमती प्रदेश सहइन्चार्जमा मनोनित भएका छन् ।

जीवन गौतम र धर्मदत्त देवकोटा माओवादी केन्द्रीय सदस्यबाट एमालेमा प्रवेश गरेका हुन् भने पूर्वसांसद राजवंशी कांग्रेसबाट र सांसद बृजेश गुप्ता मधेशवादी दलबाट एमाले प्रवेश गरेका हुन् ।