काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीले प्रतिनिधिसभाको बैठक चल्न नदिने चेतावनी दिएका छन् ।
शुक्रबार पार्टी कार्यालय थापाथलीमा पदभार ग्रहण गर्दै अध्यक्ष ओलीले मंसिर २८ गतेका लागि बोलाइएको संसद बैठक चल्न नदिने चेतावनी दिएका हुन् । उनले नेकपा (एकीकृत समाजवादी) पार्टीका १४ जना सांसदलाई कारबाही नगरेसम्म बैठक चल्न नदिने बताएका हुन् ।
‘संसद किन बोलाईएको हो ? सरकार प्रस्तुत भएपछि थाहा होला । हामीले निकालेका सांसद फेरी २८ गते आउनुहुन्छ भने मान्ने हुदैन,’ अध्यक्ष ओलीले भने ।
उनले गठबन्धनबाट देश अहिले नचलेको भन्दै छिटोभन्दा छिटो ताजा जनादेशमा जानुपर्ने बताएका हुन् । ओलीले अदालतमा देखिएको समस्या सत्तारुढ पाँच दलको गठबन्धनको विसंगतिका कारण भएको बताए ।
‘अदालतको हुर्मत लिने काम भएको छ । गलत फैसला गराउने र आफै हुर्मत लिने । कार्यपालिकाले न्यायपालिकालाई बर्वाद गरेको छ’ ओलीले भने, ‘गठबन्धनले हरेक क्षेत्रलाई गठबन्धनले निकम्मा बनायो । लोकतन्त्रका आधार भत्काउने काम भएको छ । जताततै बिगार्ने काम भएको छ । सरकारका कतिपय घटकको त कामै बिगार्ने भत्काउने मात्रै छ ।’




प्रतिक्रिया