उपेन्द्रलाई प्रधानमन्त्रीले ‘स्टप’ भनेपछि मसालले दियो धन्यवाद

उपेन्द्रलाई प्रधानमन्त्रीले ‘स्टप’ भनेपछि मसालले दियो धन्यवाद


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएको छ । मसालले समाजवादी पार्टी (सपा) का अध्यक्ष उपेन्द्र यादवको संविधान संशोधनसम्बन्धी प्रस्ताव रोकेर प्रधानमन्त्री ओलीले उपयुक्त निर्णय लिएको भन्दै धन्यवाद दिएको हो ।

यादवले यसअघिको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधन प्रस्ताव राख्न खोजेपछि प्रधानमन्त्री ओलीले रोकेका थिए । छलफल नै नगरी संशोधन प्रस्ताव ठाडै मन्त्रिपरिषद्मा लगेपछि प्रधानमन्त्री यादवसँग रुष्ट बनेका थिए । उनले यादवले संशोधनको कुरा मनित्रपरिाष्द् बैठकमा ल्याएपछि प्रधानमन्त्री ओलीले ‘स्टप’ भन्दै रोकेका थिए ।

प्रधानमन्त्रीले प्रस्ताव रोकेपछि यादवसहित समाजवादी पार्टीका मन्त्रीले राजीनामा दिँदै सरकार छाडिसकेका छन् । लगत्तै मसालका महामन्त्री मोहनविक्रम सिंहले एक विज्ञप्ति जारी गरेर प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘यादवले मन्त्रीमण्डलमा लगेको प्रस्ताव प्रधानमन्त्रीले अस्विकार गरेका थिए, त्यसका लागि ओलीलाई धन्यवाद दिन्छौं ।’

मसालले राष्ट्रिय जनता पार्टी (राजपा)का संविधन संशोधनसम्बन्धी प्रस्तावलाई अस्वीकार गर्ने आशासमेत व्यक्त गरेको छ ।