काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सीबीच एक्लाएक्लै भेटवार्ता भएको छ ।
प्रधानमन्त्री ओली चीन पुगेपछि सुरुमा राष्ट्रपति सीसहित प्रतिनिधिमण्डलसँग २५ मिनेट सामूहिक कुराकानी भएको र त्यसपछि २० मिनेट दुवै समकक्षीबिच एक्लाएक्लै कुराकानी भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
भेटमा प्रधानमन्त्री ओलीले सांघाई सहयोग संगठन (एससीओ) को सदस्यमा नेपाललाई समर्थन गर्न राष्ट्रपति सीसँग प्रस्ताव गरेका छन् । भेटमा दुवै नेताले आपसी हितका क्षेत्रमा सहयोगलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका जनाएको छ ।
प्रधानमन्त्री ओलीले नेपालको विकास प्रयासमा चीनले दिएको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै नेपाल–चीन सम्बन्ध पञ्चशीलका सिद्धान्तमा आधारित रहेकाले सधैं सहज रहँदै आएको बताए ।




प्रतिक्रिया