प्रधानमन्त्री प्रचण्डका कारण संसद बन्द भएको हाे :अध्यक्ष ओली

प्रधानमन्त्री प्रचण्डका कारण संसद बन्द भएको हाे :अध्यक्ष ओली

एमालेमाथिको आरोप फिर्ता नभएकाले सहमति हुन सकेन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका कारण संसद बन्द भएको आरोप लगाएका छन् ।  आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले एमालेका कारण नभई प्रधानमन्त्रीका कारण संसद बन्द भएको बताएका हुन् ।

ओलीले सदन सञ्चालन गर्न आफूहरु सकारात्मक भएपनि एमालेमाथि लगाइएको गम्भीर आरोपहरु फिर्ता नभएकाले सहमत हुन नसकेको बताए । त्यस्तै उनले प्रधानमन्त्रीको जेठ २१ गतेको वक्तव्यप्रति गम्भीर आपत्ती रहेको बताए । ओलीले प्रधानमन्त्रीको राजीनामा आएपछि मात्रै सहमति जुट्ने स्पष्ट पारे ।

यसअघि आइतबार बिहान नै सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो। गत सोमबार प्रितम सिंहको पुस्तक विमोचन गर्दै प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिपछि एमालेले लगातार संसद अवरुद्ध गरिरहेको छ।