काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा अोलीको राजीनामा मागेका छन् । मंगलबार बसेको नेकपा स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको राजीनामा मागेका हुन् ।
‘भारतले होइन, मैले राजीनामा माग गरेको हुँ । वैशाख १७ गते नै मैले राजीनामा माग गरेको थिएँ, त्यो बेला नक्सा प्रकाशित भएको थिएन नि ! तपाईं प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुस्’, प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।
प्रचण्डले प्रधानमन्त्री ओलीका कारण पार्टीको प्रतिष्ठा गिरेको बताएका थिए । उनले भारतसँग जुधेर अन्तर्राष्ट्रिय प्रतिष्ठा कायम गर्न नसकिने बताएका थिए ।
‘मदन जयन्तीका दिन तपाईंले भारतविरूद्ध जे भन्नुभयो त्यसले पार्टीको प्रतिष्ठा गिरेको छ,’ प्रचण्डलाई उद्धृत गर्दै स्रोतले भन्यो,‘भारतसँग त्यसरी जुधेर अन्तर्राष्ट्रिय प्रतिष्ठा कायम गर्न सकिन्न ।’
प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमले सरकार ढाल्ने विषयमा दिएको अभिव्यक्तिबारे प्रधानमन्त्री अोलीको जवाफ माग गरेका थिए ।




प्रतिक्रिया