नेकपाको विवाद समाधान गर्न ओली र प्रचण्डबीच बालुवाटारमा वार्ता सुरु

नेकपाको विवाद समाधान गर्न ओली र प्रचण्डबीच बालुवाटारमा वार्ता सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लाे समय नेपाल कम्युनिष्ट पार्टीभित्र देखिएको विवाद समाधान गर्न अध्यक्षद्वय केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल जारी छ ।

पार्टीभित्र देखिएको समस्या समाधानबारे निर्णायक वार्ता गर्न अध्यक्ष अ‍ोली र प्रचण्डबीच बलाुवाटारमा छलफल सुरु भएको हो । वार्तामा पार्टी महासचिव बिष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी रहेका छन् ।

प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण त्रिहीबारको स्थायी कमिटी बैठक स्थगित भएको थियो । पार्टीभित्र प्रधानमन्त्री ओलीले एकलौटी निर्णय गर्न थालेपछि शीर्ष नेतृत्वहरु असन्तुष्ट हुँदै आइरहेका छन् ।

स्थायी कमिटी सदस्यहरुले अ‍ोलीको राजीनामा मागेपछि नेकपाभित्रको विवाद थप उत्कर्षमा पुगेको हो । नेकपाको अर्को स्थायी कमिटी बैठक शनिबारका लागि बोलाइएको छ ।