बालुवाटारमा वान टु वान वार्ताः बैठक विषयमा केन्द्रित, भएन सहमति

बालुवाटारमा वान टु वान वार्ताः बैठक विषयमा केन्द्रित, भएन सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको बैठक विषयमा प्रवेश गरेको छ ।

सोमबार बिहान स्थायी कमिटी बैठक स्थगित गरेर सुरु भएको छलफल विषयमा केन्द्रीत भएको नेकपाका एक नेताले जानकारी दिए । पटक–पटक विवादकैबीचमा स्थगित हुँदै आएको आजको बैठकले पनि कुनै सहमति निकाल्न सकेन ।

‘आजको बैठक विषयवस्तुमा केन्द्रित भएको छ । दुवै अध्यक्षबीच हिजा जस्तो विवाद भएको छैन् । आजको बैठक केही आशलाग्दो देखिएको छ’, नेकपाका एक नेताले भने ।

अध्यक्ष प्रचण्ड वान टु वान वार्ता सकेर बालुवाटारबाट बाहिरिएका छन् । नेताहरुबीच सहमति खोज्नका लागि बुधबारसम्मका लागि नेकपा स्थायी कमिटी बैठक स्थगित भएको छ ।

स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्रीको राजीनामा माग गरेपछि नेकपा विभाजनको संघारमा पुगेको छ । नेताहरुकाअनुसार दुवै अध्यक्षले पार्टीलाई फूटबाट जोगाउन अब चामत्कारिक निर्णय गर्नूपर्नेछ । प्रधानमन्त्री ओलीका अडानका कारण पार्टी धरापमा परेको पूर्वमाअ‍ोवादीका केही नेताहरुको बुझाई छ ।

राष्ट्रपति विद्यादेवि भण्डारीसहित सरकारविरुद्ध महाअभियोग लगाउने हल्लापछि नेकपाभित्रको विवादले उग्र रुप लिइरहेको छ । यसलाई व्यवस्थापन गर्न नेताहरु निरन्तर छलफलमा व्यस्त छन् ।