काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता स्थगित भएको छ । सोमबारका लागि तय भएको दुई अध्यक्षबीचको भेटवार्ता अन्तिम समयमा आएर स्थगित भएको हो ।
कार्यदलले बुझाएको प्रतिवेदनबारे दुई जना अध्यक्ष बसेर छलफल गर्ने कार्यतालिका थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको कार्यव्यस्तताले बैठक स्थगित भएको जानकारी दिए । दुवै अध्यक्षले कार्यदलले बुझाएको प्रतिवेदन अध्ययन गरेपछि बैठक बसेर छलफल गर्ने बताइएको थियो ।
विवाद सुल्झाउन महासचव विष्णु पौडेलको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदलले शनिवार आफ्नो प्रतिवेदन दुवै अध्यक्षलाई बुझाएको थियो ।
नेकपामा गत असार १८ गतेदेखि स्थगित भएको स्थायी कमिटी बैठक अझै सुचारु हुन सकेको छैन् । कार्यदलले ओली पाँच वर्ष प्रधानमन्त्री र प्रचण्डले सम्पूर्ण कार्यकारी अधिकार लिएर पार्टी चलाउन सुझाव दिएको छ ।




प्रतिक्रिया