काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका छन् । प्रचण्ड पत्नी सीता दाहाल बिरामी परेपछि प्रधानमन्त्री ओलीले टेलिफोन गरेर स्वास्थ्यलाभको कामना गरेका हुन् ।
बुधबार बिरामी परेपछि प्रचण्ड पत्नी सीता मेडिसिटी अस्पताल भर्ना भएकी छिन् । बुधबार साँझ ओली समूहका नेता सुवासचन्द्र नेम्वाङ र महासचिव विष्णु पौडेल अस्पताल पुगेर सीताको स्वास्थ्यबारे जानकारी लिएका छन् । सीता केही वर्षदेखी पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पीडित छिन् ।




प्रतिक्रिया